बिहीबार , कार्तिक २० गते २०८३
images
images

महामन्त्रीको परिणाम घोषणापछि विश्वप्रकाश शर्मा विपी संग्राहलय जाने 

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 270
    SHARES
  • महामन्त्रीको परिणाम घोषणापछि विश्वप्रकाश शर्मा विपी संग्राहलय जाने 

    पुस १ काठमाडौं । कांग्रेस महामन्त्रीको निर्वाचन परिणामपछि उम्मेदवार विश्वप्रकाश शर्मा सुन्दरीजलस्थित विपी संग्राहलय जाने भएका छन् । 

    images

    दुई जना महामन्त्रीको लागि भएको निर्वाचनको परिणाम आउनै लाग्दा उनले आफू विपी संग्राहलय जाने बताएका हुन् ।

    महामन्त्रीमा गगनकुमार थापासँगै आफू निर्वाचित हुने निश्चित जस्तै देखिएपछि पार्टी कार्यालय सानेपामा कार्यकर्ता र सञ्चारकर्मीसँग शर्माले आफूले उम्मेदवारी घोषणा गरेको स्थान विपी संग्राहलय (सुन्दरीजल जेल)मा जाने बताएका हुन् । 

    images

    ‘परिणाम सार्वजनिक भएपछि मैले उम्मेदवारी घोषणा गरेको स्थान सुन्दरीजल जेल जानेछु,’ शर्माले भने । 

    पछिल्लो विवरणअनुसार महामन्त्रीमा थापा र शर्माले अग्रता लिएका छन् भने उनीहरूलाई प्रकाशशरण महतले झिनो मतले पछ्याइरहेका छन् ।