बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी, कसले कति मत ल्याए ?

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 261
    SHARES
  • कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी, कसले कति मत ल्याए ?

    पुस १ काठमाडौं। नेपाली कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको औपचारिक रूपमा घोषणा गरिएको छ । 

    images

    २७ मंसिरमा दुई महामन्त्री पदका लागि भएको निर्वाचनमा थापा र शर्मा विजयी भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 
    उनका अनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका हुन् । 

    यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए । 

    images

    उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३  मत बदर भएको छ ।