बिहीबार , कार्तिक २० गते २०८३
images
images

जबरजस्ती पदमा बस्ने आवश्यक ठानिनँ:मिनेन्द्र रिजाल 

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 273
    SHARES
  • जबरजस्ती पदमा बस्ने आवश्यक ठानिनँ:मिनेन्द्र रिजाल 

    पुस १ काठमाडौं। नेपाली कांग्रेस महामन्त्रीमा पराजित भएका डा. मिनेन्द्र रिजालले आफ्नो स्वविवेकले रक्षामन्त्रीबाट राजीनामा दिएको बताएका छन् । 

    images

    बिहीबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले महामन्त्रीमा पराजित हुने निश्चित भएपछि नैतिकताको आधारमा स्वविवेकबाट रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको बताए । 

    रक्षामन्त्रीबाट राजीनामा दिने विषयमा कसैसँग छलफल र सल्लाह नगरेको उनको भनाइ छ । 

    images

    जबरस्ती पदमा बसिरहने आवश्यक नठानेको र सार्वजनिक जीवनमै रहने रिजालले बताए । ‘जबरजस्ती घसेटेर पदमा बसिरहने आवश्यक ठानिनँ,’ उनले भने, ‘म सार्वजनिक जीवनमै रहनेछु । राजनीतिमा वा कहाँ भन्नेकुरा पछि थाहा हुनेछ ।’ 

    आफू पराजित हुने गरी आएको परिणाम सहजै स्वीकारेको बताएका उनले सोच विचार गरेर रक्षामन्त्रीबाट राजीनामा दिएको पनि दोहो¥याए ।