आइतबार, कार्तिक १६ गते २०८३
images
images

पुस महिनाको पहिलो कारोबारको दिन नेप्सेमा भारी गिरावट

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 217
    SHARES
  • पुस महिनाको पहिलो कारोबारको दिन नेप्सेमा भारी गिरावट

    पुस १ काठमाडौं । पुस महिनाको पहिलो कारोबारको दिन सेयर बजार मापक नेप्सेमा गिरावट आएको छ । पछिल्लो तीन सातादेखि सेयर बजारमा ठूलो उतार–चढाव बढ्दै गएको छ । मङ्गलबार नेप्से १३७.१८ अङ्कले बढेर परिसूचक दुई हजार चार सय १८.८५ बिन्दुमा पुगको थियो ।

    images

    तर, बुधबार ४.२३ अङ्कले घटेको नेप्से परिसूचक बिहीबार भने ३७.८७ अङ्कले घटेर दुई हजार तीन सय ७६.७४ विन्दुमा झरेको छ । ठूला लगानीकर्ताको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.८८ अङ्कले घटेर चार सय ५३.५३ अङ्कमा झरेको छ । त्यस्तै, फ्लोट इन्डेक्स २.४१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९९ प्रतिशत घटेको छ ।

    आज कारोबारमा आएका दुई सय २४ कम्पनीको ५३ लाख ७९ हजार कित्ता सेयर दुई अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको छ । बुधबार साढे चार अर्बको सेयर कारोबार भएको थियो ।

    images

    नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको बाहेक सबै उपसमूह राताम्मे देखिएको छ । जसमध्ये विकास बैङ्क ३.६६ प्रतिशत, जलविद्युत् ३.०१ प्रतिशत, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

    नेप्से परिसूचकमा गिरावट आए पनि आज नेपाल बङ्गलादेश बैङ्कको सेयर ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.३५ प्रतिशत, माउन्टेन इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैङ्कको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ ।