आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो छ विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
पौष २, २०७८ शुक्रबार
  • 291
    SHARES
  • यस्तो छ विदेशी मुद्राको विनिमय दर

    पुस २ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्री दर १२२ रुपैयाँ ४ पैसा कायम गरेको छ । 

    images

    युरोपियन युरो आज एकको खरिद दर १३७ रुपैयाँ ३९ पैसा र बिक्री दर १३८ रुपैयाँ ७ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ४२ पैसा र बिक्री दर १६२ रुपैयाँ २२ पैसा कायम छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४२ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४२ रहेको छ । 

    images

    जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ७ पैसा र बिक्री दर १९ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर २९ रुपैयाँ १ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ २६ पैसा र बिक्रि दर १० रुपैयाँ ३१ पैसा कायम भएको छ ।