बिहीबार , कार्तिक २० गते २०८३
images
images

देउवा भेट्न प्रचण्ड बालुवाटार पुगे 

एक्सप्रेस पाना
पौष २, २०७८ शुक्रबार
  • 293
    SHARES
  • देउवा भेट्न प्रचण्ड बालुवाटार पुगे 

    पुस २ काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

    images

    देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका हुन् । उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् । 

    साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।  

    images