आइतबार, कार्तिक १६ गते २०८३
images
images

युनेस्कोको सांस्कृतिक सम्पदामा सूचिकृत हेइटीको जोउमोउ सुपबारे यस्तो छ तथ्य

एक्सप्रेस पाना
पौष २, २०७८ शुक्रबार
  • 296
    SHARES
  • युनेस्कोको सांस्कृतिक सम्पदामा सूचिकृत हेइटीको जोउमोउ सुपबारे यस्तो छ तथ्य

    एजेन्सी । राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले हेइटीको जोउमोउ सुपलाई सांस्कृतिक सम्पदाको सूचीमा राखेको छ । सुपले खानेकुराभन्दा पनि विशेष अर्थ राख्ने युनेस्कोले जनाएको छ । युनेस्कोको सांस्कृति सम्पदा समितिले बिहीबार जोउमोउलाई सांस्कृति सम्पदा सूचीमा राखेको हो ।

    images

    जिराउमोनसमेत भनिने यो सुप फर्सी, सागसब्जी, मासु, पास्ता र केराबाट बनाइन्छ । ‘विभिन्न समुदायलाई उनीहरुको अद्दितीय जानाकारी र परम्परालाई जोड्न् र सामाजिक एकता सशक्त पार्न अमूर्त सांस्कृतिक सम्पदाको आफ्नै क्षमता छ,’ युनेस्कोका महानिर्देशक अउड्रे एजोउले एक विज्ञप्तिमा भनेका छन् । सामाजिक लचकताका लागि सांस्कृतिक सम्पदाको मुख्य भूमिका हुने उनको भनाई छ । 

    यो सुपको आफ्नै एतिहासिक महत्व छ । सुरुमा केही सिमित व्यक्तिमा मात्र प्रचलनमा रहेको जोउमोउ सुप सन् १८०४ मा फ्रान्सबाट स्वतन्त्र भएपछि सर्वसाधारणले पनि खान थालेका थिए । 

    images