बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज सर्वदलिय बैठक बस्दै, एमाले सहभागी नहुने

एक्सप्रेस पाना
पौष ४, २०७८ आइतबार
  • 379
    SHARES
  • आज सर्वदलिय बैठक बस्दै, एमाले सहभागी नहुने

    पुस ४ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (आज)को लागि सर्वदलिय बैठक बोलाउनु भएको छ । पूर्वनिर्धारित समय अनुसार आज अपरान्ह ४ बजे बैठक बस्ने छ ।

    images

    प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सर्वदलिय बैठकमा सहभागी नहुने बताएको छ ।

    जसले प्रधानमन्त्री देउवाको एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने चाहनामा धक्का पुगेको छ ।

    images

    यसअघि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेसँगै सर्वदलिय बैठक बोलाउने निर्णय गर्नुभएको थियो । उता एमालेलले आफ्ना तत्कालीन एमाले सांसदहरुलाई कारवाही सिफारिस गरेपनि सभामुखले कारवाही नगरेको भन्दै संसद अवरोध गरिहेको छ । एमाले बाहेकका संसदमा प्रतिनिधित्व गर्नेदलका शीर्ष नेताहरु भने सर्वदलिय बैठका सहभागी हुनेछन् ।