बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी केन्द्रको बागमती अध्यक्षमा सरल निर्वाचित

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 215
    SHARES
  • माओवादी केन्द्रको बागमती अध्यक्षमा सरल निर्वाचित

    पुस ६ काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन् । प्रदेश सम्मेलनकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन् । कुल २ सय ६१ मत खसेकाेमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गरे । 

    images

    निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी चयन भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ तथासहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।

    बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन ।

    images