आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 253
    SHARES
  • आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    पुस ६ काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ । 

    images

    युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ४४ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ७३ पैसा र बिक्री दर १६० रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४ पैसा र बिक्री दर ८६ रुपैयाँ ४६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २७ पैसा रहेको छ । 

    images

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ र बिक्री दर १९ रुपैयाँ ९ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

    साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २८ पैसा र बिक्री दर ३२ रुपैयाँ ४४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३ पैसा र बिक्री दर ३३ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ १६ पैसा र बिक्री दर १० रुपैयाँ २१ पैसा कायम भएको छ ।