बिहीबार , कार्तिक २० गते २०८३
images
images

संसदमा रोकिएन एमाले सांसदकाे नाराबाजी 

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 247
    SHARES
  • संसदमा रोकिएन एमाले सांसदकाे नाराबाजी 

    पुस ६ काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घाेषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । 

    images

    एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् । 

    नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औँ अधिवेशनको दोस्रो बैठकमा अहिले नाराबाजी गरिरहेका हुन् । 
     

    images