आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्से ५६ दशमलव ७३ अंकले बढ्यो 

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 244
    SHARES
  • नेप्से ५६ दशमलव ७३ अंकले बढ्यो 

    पुस ६ काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज९नेप्से० परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

    images

    २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा  हिमालयन डिष्ट्रिलरी छ । यो कम्पनीको आज १४ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।       

    सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका छन् । नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ । 

    images

    त्यस्तै, आज गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ ।