बिहीबार , कार्तिक २० गते २०८३
images
images

डेढ महिनापछि बाग्मती प्रदेश सभासभा बैठक बस्दै

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 507
    SHARES
  • डेढ महिनापछि बाग्मती प्रदेश सभासभा बैठक बस्दै

    पुस ७ काठमाडौं । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएपछि बस्न नसकेको बाग्मती प्रदेशको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । गत कात्तिक २२ गते मुख्यमन्त्री पाण्डेले सपथ लिएपछि बस्न नसकेको बैठक आज डेढ महिना पछि बस्न लागेको हो ।

    images

    सभामुख सानुकुमार श्रेष्ठले बिहान ११ बजे बोलाएको कार्यव्यवस्था समितिको बैठकले कार्यसुची तय गरेपछि दिउँसाे १ बजे बैठक बस्ने प्रदेश सचिव कृष्णहरि खडकाले जानकारी दिए ।