आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो छ विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 499
    SHARES
  • यस्तो छ विदेशी मुद्राको विनिमय दर

    पुस ७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ६७ पैसा र बिक्री दर १२१ रुपैयाँ २७ पैसा कायम गरेको छ । 

    images

    युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ३१ पैसा र बिक्री दर १३६ रुपैयाँ ९९ पैसा रहेको छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १६० रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६ पैसा र बिक्री दर १३१ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४ पैसा र बिक्री दर ८६ रुपैयाँ ८७ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७५ पैसा रहेको छ । 

    images

    जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्री दर १० रुपैयाँ ६७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ १४ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ १२ पैसा र बिक्री दर १० रुपैयाँ १७ पैसा कायम भएको छ ।