आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा ४०० ले घट्यो, चाँदी १० रुपैयाँले वृद्धि 

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 269
    SHARES
  • सुनको मूल्य तोलामा ४०० ले घट्यो, चाँदी १० रुपैयाँले वृद्धि 

    पुस ७ काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

    images

    बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो ।