पुस ७ काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा उद्योगी राजेन्द्र राउत नियुक्ति भएका छन्।
आज (बुधबार) मुख्यमन्त्री राईले नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष उद्योगी राउतलाई आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्।
भोजपुरमा जन्मिएका ५८ वर्षीय उद्योगी राउत मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्। उनी व्यावसायसँगै सामाजिक क्षेत्रमासमेत सक्रिय छन्। मुख्यमन्त्री राईले यसअघि नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व-अध्यक्ष बन्धु पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका थिए। भने राजनीतिक सल्लाहकारमा जीवन राई रहेका छन्।
.jpg)


