पुस ७ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेट भएको छ। राजदूत यान्छी बुधबार ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी हुन् । राजदूत यान्छी र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।
१०औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि ओली र होउबीच पहिलो पटक भेटवार्ता भएको हो । भेटका क्रममा राजदूत यान्छीले बधाइ तथा शुभकामना दिइन् । चिनियाँ राजदूत यान्छी नेपालको राजनीतिप्रति चासो राख्दै आएकी छिन् ।
.jpg)

