बिहीबार , कार्तिक २० गते २०८३
images
images

ललिता निवास जग्गा प्रकरण : मुख्य आरोपी सुवेदी पक्राउ

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 299
    SHARES
  • ललिता निवास जग्गा प्रकरण : मुख्य आरोपी सुवेदी पक्राउ

    पुस ७ काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित  रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ परेका छन् ।

    images

    मंगलबार राति स्यम्भूबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा प्रकिया अघि बढाएको छ ।

    सरकारी कागजात कीर्ते उजुरीमा उनीहरूलाई अनुसन्धानका लागि म्याद थपको प्रकिया अघि बढाइएको सीआईबी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । यसबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

    images

    सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । त्यसलगत्तै उनी फरार थिए ।