बिहीबार , कार्तिक २० गते २०८३
images
images

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग

एक्सप्रेस पाना
पौष ८, २०७८ बिहीबार
  • 465
    SHARES
  • रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग

    पुस ८ काठमाडौं । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् । 

    images

    ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    तत्काल कुनै पार्टीमा नजाने बताएकी उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

    images

    No description available.