आइतबार, कार्तिक १६ गते २०८३
images
images

शेयर बजारमा आज पनि हरियाली, १२ दशमलव ५३ प्रतिशतले बढेर २ हजार ५२० दशमलव २३ विन्दुमा 

एक्सप्रेस पाना
पौष ८, २०७८ बिहीबार
  • 395
    SHARES
  • शेयर बजारमा आज पनि हरियाली, १२ दशमलव ५३ प्रतिशतले बढेर २ हजार ५२० दशमलव २३ विन्दुमा 

    पुस ८ काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से बिहीवार १२ दशमलव ५३ प्रतिशतले बढेर दुई हजार पाँच सय २० दशमलव २३ विन्दुमा पुगेको छ ।

    images

    आज बैंकिङ, व्यापार, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र लगानी समूहको शेयर बढेको छ । विकास बैंक, फाइनान्स र जलविद्युत समूहको शेयर भने घटेको छ । आज दुई सय २९ कम्पनीका ८३ लाख २३ हजार कित्ता शेयर चार अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३६ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज शिखर इन्सुरेन्स, वरुण हाइड्रो र जीवन विकास लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर झन्डै सात प्रतिशतले तथा सिन्धु विकास बैंक र साम्लिङ पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । 

    images