आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेन्चुरी बैंकको साधारणसभा ३० पुसमा

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 434
    SHARES
  • सेन्चुरी बैंकको साधारणसभा ३० पुसमा

    पुस ९ काठमाडौं । सेन्चुरी बैंकले ३० पुसमा ११औं वार्षिक साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ ।

    images

    सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

    गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् । 

    images

    सभा प्रयोजनका लागि बैंकले १९ पुसमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, १८ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।