आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 473
    SHARES
  • नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

    पुस ९ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आज शुक्रबार ज्योति विकास बैंकको ११ प्रतिशत, एनएमबि लघुवित्तको २१.५० प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशत सेयर मूल्य समायोजन भएको हो ।

    images

    समायोजनपछि ज्योतिको सेयर मूल्य ४०३ रुपैयाँ १५ पैसा कायम भएको छ । एनएमबिको १ हजार ५३ रुपैयाँ ५० पैसा र सूर्याको ६३८ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

    नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार, दोस्रो बजारमा ज्योतिको सेयर प्रतिकित्ता ४४७ रुपैयाँ ५० पैसा, एनएमबिको १ हजार २८० रुपैयाँ र सूर्याको ७२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    images

    आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।