आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज सुनको मूल्यमा गिरावट, यस्तो छ आजको बजार भाउ ?

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 268
    SHARES
  • आज सुनको मूल्यमा गिरावट, यस्तो छ आजको बजार भाउ ?

    पुस ९ काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली स्थानिय बजारमा सुनचाँदी भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ ।

    images

    पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ८०० तोकिएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २६०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ ।

    images