बिहीबार , कार्तिक २० गते २०८३
images
images

स्थानीय तहको चुनावका लागि प्रधानमन्त्रीसमक्ष दुई वटा मिति प्रस्ताव

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 243
    SHARES
  • स्थानीय तहको चुनावका लागि प्रधानमन्त्रीसमक्ष दुई वटा मिति प्रस्ताव

    पुस ९ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो ।

    images

    यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन् ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने गरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको जानकारी दिए । 'निर्वाचन आयोगको टोलीले आज प्रधानमन्त्रीसमक्ष चुनावको तयारीलगायत मिति पनि प्रस्ताव गर्दैछ,' उनले न्युज कारखानासँग भने, 'यसमा क्याविनेटले डिसिजन गर्छ ।'

    images

    आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै २० गते वा २२ गते मतदान गर्ने मिति तोक्न प्रस्ताव गरेको छ । यसबारेमा आज प्रधानमन्त्रीसँग छलफलपछि टुंगो लाग्नेछ ।

    त्यसैगरी दुई चरणमा गर्ने हो भने पहिलो मतदान वैशाखको १२ वा १४ गते तोक्न सुझाइएको छ । दोस्रो चरणको भने २०/२२ गते नै गर्न सकिने भनिएको छ । कम्तिमा एक साता ग्याप राखेर दुई चरणमा गर्ने आयोगको प्रस्ताव छ ।  

    'वैशाखको १२ र २२ गतेको बीचमा सक्नेगरी अगाडि बढेका छौं,' प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।न्युज कारखाना