बिहीबार , कार्तिक २० गते २०८३
images
images

नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकासमा केन्द्रीत हुन प्रचण्डको अपिल

एक्सप्रेस पाना
पौष ११, २०७८ आइतबार
  • 418
    SHARES
  • नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकासमा केन्द्रीत हुन प्रचण्डको अपिल

    पुस ११ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकामा केन्द्रीत हुन अपिल गरेका छन् ।

    images

    चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रीत हुन सार्वजनिक अपिल गरेका हुन् ।

    माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि माओवादीले ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी पनि उनले गराएका छन् । महाधिवेशनपछिको नयाँ माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने प्रचण्डले जनाएका छन् ।

    images

    मालेमावादी विश्वदृष्टिकोणको आलोकमा माओवादीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको प्रचण्डले उल्लेख गरेका छन् ।

    May be an image of text