आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

एक्सप्रेस पाना
पौष ११, २०७८ आइतबार
  • 272
    SHARES
  • नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

    पुस ११ काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आइतबार बुटवल पावर कम्पनीको १० प्रतिशत र समृद्धि फाइनान्सको ५० प्रतिशत सेयर मूल्य समायोजन गरेको हो । 

    images

    दुबै कम्पनीले बोनस र हकप्रद सेयरको लागि आइतबार बुक क्लोज गरेका छन् । बुटवल पावरको बोनस सेयरपछिको भाउ समायोजन भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको हकप्रद सेयरपछिको भाउ समायोजन भएको हो ।  

    बुटवल पावर कम्पनीको समायोजनपछिको भाउ नेप्सेले ४३८ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।

    images

    समृद्धि फाइनान्सको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले ३६१ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । यसले दुई बराबर एक अनुपातमा २७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।न्युज कारखाना