बिहीबार , कार्तिक २० गते २०८३
images
images

न्यानो कपडा लिएर गाउँपालिका उपाध्यक्ष गाउँगाउँमा 

एक्सप्रेस पाना
पौष १२, २०७८ सोमबार
  • 480
    SHARES
  • न्यानो कपडा लिएर गाउँपालिका उपाध्यक्ष गाउँगाउँमा 

    पुस १२ जाजरकोट । बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाही चिसो मौसममा न्यानो कपडा वितरण गर्न गाउँगाउँ पुगेकी छन् । आर्थिक रूपमा पछि परेका एकल तथा जेष्ठ महिलालाई उपाध्यक्ष शाहीले गाउँगाउँ पुगेर न्यानो कपडा वितरण गरेकी हुन् ।जिल्लाको सबैभन्दा चिसो र हिमाली क्षेत्र नजिक पर्ने बारेकोट गाउँपालिकाकी उपाध्यक्ष शाहीले एकल महिलाका न्यानो बनाउन कपडा वितरण गर्न थालेपछि यहाँका महिलाहरू खुसी भएका छन् ।

    images

    ‘श्रीमान् नभएर के भयो त रु हामी महिलाले महिलाका लागि धेरै काम गर्नुपर्ने छ । जसले पीडा भोगेको छ उसले नै सबै कुरा थाहा पाउने गर्छ । हामी महिला कमजोर होइन, संसार हाँक्न सक्छौँ भन्ने र स्थानीय सरकार भएको अनुभूति गराउन मैले यो अभियान चलाएको हो,’ उनले भनिन् ।

    गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले गाउँपालिकाका ६० सय महिलालाई न्यानो कपडा दिने योजना बनाएकोमा अहिले संख्या बढेर आठ सय जति पुगेको बताए  । 

    images