बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

एक्सप्रेस पाना
पौष १२, २०७८ सोमबार
  • 257
    SHARES
  • माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

    पुस  १२ काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

    images

    प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ । 

    १. ज्येष्ठ क्युनिस्ट मञ्च : एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।
    २, ३. सल्लाहकार कमिटी : संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुइटा ।
    ४, ५.  प्रदेश १ : दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।
    ६, ७. प्रदेश २ : पारिजात हल, गणेश साह, यो पनि दुई भागमा 
    ८, ९. लुम्बिनी प्रदेश : चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयनेर 
    १०, ११. गण्डकी प्रदेश : गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल

    images

    १२. प्रवास समिति : लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल 
    १३, १४. कर्णाली प्रदेश : विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल । अर्को हलमा 
    १५, १६. सुदूरपश्चिम : खगराज भट्ट 
    १७, १८. केन्द्रीय विभागहरू : मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समूह बनाएर । 
    १९. विशेष प्रदेश : जगत सिंखडा, क्वालिटीमै । 
    २०, २१. सम्पर्क समन्वय प्रदेश : श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह
    २२, २३.  बागमती प्रदेश : काठमाडौं ब्याकेट, सरल सहयात्री
    २४. सम्पूर्ण आयोगहरू : काठमाडौ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ 
    २५. जबस, मोर्चाका इन्चार्जहरू : केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन ।न्युज कारखाना