आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 440
    SHARES
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

    पुस १३ काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो ।

    images

    आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा काराेबार भएको महसंघले जनाएको छ ।