सोमबार, भाद्र २९ गते २०८३
images

आइएसद्वारा मलामी गएका व्यक्तिमाथि आक्रमण , आधा दर्जन बढीको हत्या 

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 376
    SHARES
  • आइएसद्वारा मलामी गएका व्यक्तिमाथि आक्रमण , आधा दर्जन बढीको हत्या 

     इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।  

    images

    सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ । उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए । उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ ।

     

    images