बिहीबार , कार्तिक २० गते २०८३
images
images

झिनो मतले पराजित भण्डारीले दिए नेता, कार्यकर्तालाई चियापान तथा धन्यवाद

एक्सप्रेस पाना
पौष १४, २०७८ बुधबार
  • 463
    SHARES
  • झिनो मतले पराजित भण्डारीले दिए नेता, कार्यकर्तालाई चियापान तथा धन्यवाद

    पुस १४ काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार हरिबोल भण्डारीले आफ्नो क्षेत्र काठमाडौँ क्षेत्र नं ३ का महाधिबेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति साथै वडा कार्यसमितिहरुलाई चियापान आयाेजना कार्यक्रम गरि धन्यवाद दिएका छन् ।

    images

    आफु केन्द्रीय सदस्यमा झिनो मतले पराजित भए पनि आफ्नो क्षेत्रका पार्टी नेता, कार्यकर्ता र महाधिवेशनमा आफूप्रति सद्भाव राखने देशभरका नेता,कार्यकर्तालाई धन्यवाद दिन चियापान कार्यक्रम गरेको उनले जानकारी दिए ।

    कार्यक्रम जोरपाटीको पिस व्यान्केटमा भएको थियो । सो कार्यक्रममा कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंह, कांग्रेस पूर्व महामन्त्री डा. शशांक काेइराला, नवनिर्वाचित सहमहामन्त्री बद्री पाण्डे, जिवन परयार, केन्द्रीय सदस्य दिपक गिरि, जितजंग बस्नेत, अम्बिका बस्नेत, संखुवासभाका पार्टी सभापति दिपक खड्का, प्रदेश सांसद छिरिङ दाेर्जे लामा लगायतकाे उपस्थिति रहेको थियो ।

    images

    आफुले प्राप्त गरेको साथ र समर्थनले अझ बढी मनोबल बढेको भण्डारीले बताए । खर्स आर्य समूहवाट उमेदवारी दिएका भण्डारीले १५९३ मत प्राप्त गरेका थिए । हार पनि जित हो , हारले अझ बढी बलियो बनाउछ, काम गर्ने थप जोस जागर दिन्छ भन्दै पार्टीमा निरन्तर सक्रिय रहने उनले बताए ।