आइतबार, कार्तिक १६ गते २०८३
images
images

गाउँमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 311
    SHARES
  • गाउँमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी

    मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।

    images

    गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । उहाँले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मी सहितको टोली लगेर उपचार गरेर फर्केको जानकारी दिनुभयो ।  बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।

    अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपालले जानकारी दिनुभयो । ‘फुडपोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।रासस

    images