बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ’

एक्सप्रेस पाना
पौष १६, २०७८ शुक्रबार
  • 253
    SHARES
  • राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ’

    पुस १६ काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले अमेरिकी मिलेनियम कर्पाेरेशन (एमसीसी) खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

    images

    संसद भवन घेराउ गर्नेगरी शुक्रबार गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेमकिपाका सांसद प्रेम सुवालसहितका नेताले एमसीसी राष्ट्रहितविपरीत रहेकाले पारित गर्न नहुने बताएका हुन् ।  एमसीसी सम्झौताबाट देशलाई उपनिवेश बनाउन खोजिएको भन्दै उनले  देशको बिजुली अमेरिकालाई दिने गरी सम्झौता भएको बताए । 

    ‘हाम्रो देशमा उत्पदित बिजुली नेपालीका लागिविना धुवाँ प्रदुषणको खाना बनाउन उपयोग गर्नुपर्छ । बिजुलीबाट चल्ने सवारीसाधन बनाउन, उद्योगहरु चलाउन, हिमाली पहाडी तराई सबै क्षेत्रका जनातालाई उज्यालो दिन प्रयोग गर्नु पर्छ त्यसैले एमसीसी पास गर्नु हुँदैन’, उनले भने । 

    images