बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादीको अनुरोधमा प्रतिनिधिसभा बैठक स्थगित

एक्सप्रेस पाना
पौष १८, २०७८ आइतबार
  • 537
    SHARES
  • माओवादीको अनुरोधमा प्रतिनिधिसभा बैठक स्थगित

    पुस १८ काठमाडौं। संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

    images

    संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयका एक कमर्चारीले बताए । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ । 

    images

    संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११:३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका थिए ।

    संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।