पुस १८ काठमाडौं । अनेरास्ववियु टोखा नगर कमिटीको भेलाले प्रशान्त डंगोल सर्वसहमतले चयन भएको छ ।
टोखा नगरपालिका वडा नं २ स्थित न्हूजस् पुस्तकालयमा शुक्रबार आयोजित भेलाबाट प्रशान्त डंगोलको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरिएको हो । अनेरास्ववियु नगर कमिटी अध्यक्ष बिकास श्रेष्ठको साभापतित्वमा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य तथा अनुसासन विभाग प्रमुख दिपेश प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो । पार्टी बुद्धिजीवी परिषद्को केन्द्रीय सदस्य दिपेन्द्र श्रेष्ठ तथा एमाले टोखा वडा नं ८ का सचिव अनुप कुमार राईले पार्टीलाई सदैब खवरदारी गरिराख्ने संस्था अनेरास्ववियुले बिगतको जस्तो साख जोगाउन वर्तमान अवस्थामा गर्नुपर्ने कुनै पनि काम थाती नराखी फटाफट कार्यान्वयमा लाग्नु पर्ने जनाए ।
सो कार्यक्रममा काठमाडौं जिल्ला कमिटी सदस्य एवम् प्रदेश संस्कृति बिभाग इन्चार्ज मनिराज डंगोलले टोखा एक संरक्षित नगर तथा काठमाडौंको उत्तरी प्रवेश गर्नु प्रमुख द्वार रहेकाले यसै मार्ग हुँदै हाम्रा पुर्खाहरुले ल्हासास् संग ब्यापार गर्थे, टोखा नगरपालिकाले विकास परियोजनामा देखाएको अग्रसरताले देशकै अग्रणी नगरपालिकामा भएकोमा बधाई दिए । अब बन्ने नयाँ अनेरास्ववियु कमिटीले टोखा नगरको भुगोल र संस्कृतिलाई शुक्ष्म ढंगले अध्ययन गरी टोखाको इतिहास महिमा, वास्तुकला, सिल्पकला, काष्ठकला, प्रस्तरकलालाई संसारभर चिनाउन समेत महत्त्वपूर्ण योगदानदिन सफल रहोेस् भनेर कार्यकाल सफलताको शुभकामना दिए ।
काठमाडौं जिल्ला कमिटी सदस्य एवम् टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले नेपाल भौगोलिक विविधताले सुसज्जित देश हो । यहाँ विभिन्न जातजाति, भाषाभाषीहरुको सौहार्द पुर्ण मेलमिलापले भौगोलिक, सांस्कृतिक विविधता जगेर्ना गर्न सक्षम भएको छ । स्थानीय भाषा संस्कृति जगेर्ना गर्नु टोखा नगरपालिकाको पनि प्रमुख दायित्व हो । तसर्थ नेपाल भाषालाई पठनपाठनमा कार्यान्वयनमा ल्याउन नगरले बजेटको व्यवस्था गरेकाले निकट भविष्य मै नेपाल भाषालाई स्कुल स्तरमा अनिवार्य विषयको रुपमा पठनपाठनमा ल्याउन पहल गरिरहेको जनाइदै नयाँ कमिटीलाई कार्य सफल कार्यकालको शुभकामना दिइन् ।
पार्टी बुद्धिजीवी परिषदको केन्द्रीय सदस्य दिपेन्द्र श्रेष्ठले अनेरास्ववियु भनेको पञ्चायत शासन धाल्नदेखि लड्दै आइरहेको देशकै पहिलो संस्था हो । जस्ले कालापानीमा भारतले सिमा मिच्दा अनेरास्ववियुको नेतृत्वमा ३५ दिन लगाएर कालापानीमा पुगेर नेपालको झण्डा र अनेरास्ववियुको झण्डा गादेर भारतीय सुरक्षा निकायसंग प्रत्येक्ष मुकाविला गरेर नेपाल र नेपालीको सान बधाएको संस्था हो भन्नू भयो ।
कार्यक्रमका प्रमुख अतिथि दिपेश प्रसाईंले अनेरास्ववियु जहिले पनि प्रति पक्षमा उभिने संस्था हो एमाले सरकार मा हुँदा पनि प्रतिपक्षको भुमिकामा भुमिका निर्वाह गर्दै आइरहेको संस्था हो । अनेरास्ववियुको अग्रसरता मा नै विध्यार्थीलाई गाडी भाडामा ४० प्रतिसत छुटको दिलाएको हो र हरेक स्कुलमा १० प्रतिसत कोटा निम्न वर्गका विध्यार्थीहरुलाई छुट्याएको हुन्छ तर तालमेलमा सो कोटा विध्यालयले लुकाउने गरेको बताउनु भयो र अब बन्ने नयाँ अनेरास्ववियु कमिटी ले सो विषयमा आवाज उठाउन आग्रह गर्नु भयो र अब बन्ने नयाँ कमिटीलाई सफल कार्य कालको शुभकामना दिनु भयो ।
.jpg)


