बिहीबार , कार्तिक २० गते २०८३
images
images

चाँगुनारायणको दशौँ नगरसभा सुरु, सवा ६ कराेड राजस्व संकलन

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 454
    SHARES
  • चाँगुनारायणको दशौँ नगरसभा सुरु, सवा ६ कराेड राजस्व संकलन

    पुस १९ भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले दशौँ नगरसभा सुरु गरेको छ । पालिकाले आइतबार वडा नम्बर ७ स्थित तपादम्फोको बहुउद्देश्यीय सभाहलमा नगरसभा सुरु गरेको हो । 

    images

    उपमेयर विना बास्तोलाले चालू आर्थिक वर्ष २०७८-८९ को समीक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गरिन् । उनले चालू आवमा नगरपालिकाको कूल १ अर्ब ९० करोड ६४ लाख ८४ हजार २५४ रुपैयाँ विनियोजन भएको जानकारी दिइन्।

    यस अवधिमा २८ करोड ८४ लाख ५ हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ६ करोड ९६ लाख संकलन भएकाे उनले बताइन् । सभामा उनले नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मेयर उद्यमशीलता विकास कार्यक्रममा हालसम्म ७३ जना सहभागी भई सहुलियतपूर्ण ऋण लिएको र २७ जना कर्जा प्राप्तिका लागि अन्तिम चरणमा पुगेको बताइन् । 

    images

    गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत् १२ जना महिलाहरुलाई ५ दिने आधारभूत साबुन बनाउने तालिम, १८ महिलालाई अचार बनाउने तालिम दिइएको उल्लेख गर्दै बास्तोलाले भौतिक पूर्वाधार विकास अन्तर्गत कूल ४८६ वटा योजना रहेकोमा १५७ वटा योजना गत आर्थिक वर्षबाट दायित्व सरेर आएको बताइन्।

    उनले चालू आर्थिक वर्षमा २० लाख भन्दा बढीका ३९ वटा योजनाको ठेक्का आह्वान हुनुपर्नेमा २३ वटा योजनाको ठेक्का सम्झौता भएको उल्लेख गरिन् । उनले उपमेयरसँग महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत मखमली जुत्ता बनाउने तालिम, कम्प्युटर तालिम, आधारभूत मन्टेश्वरी तालिम र एडभान्स मन्टेश्वरी तालिम सम्पन्न भएको जानकारी दिँदै सिलाई, कटाए तालिम र बेतबाँसको सामग्री तालिम चालू रहेको उल्लेख गरिन् ।

    बालमैत्री स्थानीय शासनअन्तर्गत नीतिगत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखकीरण, बालमैत्री वडा सहजकर्ताहरुको नियुक्ति, बालमैलै सहजकर्ताहरुलाई क्षमता विकास प्रशिक्षण भएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा र दिगोपनाका लागि २६२ वटा बाल समूह गठन, १० वटा बाल सञ्जाल गठन भएको जनाइन् ।

    उनका अनुसार नगरपालिकाको ९ वटै वडामा बालमैत्री कक्ष व्यवस्थापन गरी ३०० सार्वजनिक स्थालमा बालमैत्री आचारसंहिता, सावधान बोर्ड, बालश्रमविरुद्धको पम्प्लेट राखिएका छन् । सो कार्यक्रमका लागि ९८ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म २२ लाख ६८ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

    मेयर सोमप्रसाद मिश्रले आफ्नो कार्यकालमा विकास निर्माणको कार्यमा सबै राजनीतिक दलका जनप्रतिनिधिले साथ  दिएको र विकास निर्माण कार्य सहयोग गरेको बताए । उनले अबको बाँकी कार्यकालमा पनि सबै जनप्रतिनिधीले सोही अनुरुप सहयोग गर्ने विश्वास व्यक्त गरे । 

    उनले नगरबासीलाई हालसम्म ९५ हजार २४ जना कोभिडविरुद खोप लगाएको र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई आगामी माघ मसान्तसम्म कोभिडविरुद्धको भ्याक्सिन लगाउने लक्ष्य रहेको बताए ।न्युज कारखाना