आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट, यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 288
    SHARES
  • सुनको मूल्यमा गिरावट, यस्तो छ आजको बजार भाउ

    पुस १९ काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकोमा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

    images

    सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।