आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजार ३२ अंकले बढ्यो

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 377
    SHARES
  • सेयर बजार ३२ अंकले बढ्यो

    पुस १९ काठमाडौं । नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ । कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ । 

    images

    यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् । आज उत्पादनमूलक समूहबाहेकका समूहहरू सकारात्मक भएका छन् । सबैभन्दा बढी व्यापार समूह ७ प्रतिशतले वृद्धि हुँदा अन्य समूह ०.१७ प्रतिशतले मात्र वृद्धि भएको नेप्सेले जनाएको छ ।