पुस २० काठमाडौं । साताको तेस्रो दिन आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।
.jpg)


