बिहीबार , कार्तिक २० गते २०८३
images
images

वागमती प्रदेश समितिलाई प्रविधिमैत्री बनाउने : नेपाली कांग्रेस

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 314
    SHARES
  • वागमती प्रदेश समितिलाई प्रविधिमैत्री बनाउने : नेपाली कांग्रेस

    पुस २० काठानडनैं । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलार्ई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । 

    images

    प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउनका लागि समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बनाउने र सोमार्फत पार्टीको स्थानीय तहदेखि केन्द्रिय समितिसम्मको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सो समितिले जनाएको छ । 

    बैठकले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने र पार्टीको १४औँ महाअधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यलाई माघको पहिलो साताभित्रै प्रशिक्षण दिनेसमेत निर्णय भएको समितिका महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।
     
    बैठक अघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

    images