आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनआईसी एशिया बैंकको निशुल्क डिजिटल मोबाइल बैंकिङ्ग सुविधा अब एनसेल नेटवर्कमा

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 453
    SHARES
  • एनआईसी एशिया बैंकको निशुल्क डिजिटल मोबाइल बैंकिङ्ग सुविधा अब एनसेल नेटवर्कमा

    पुस २० काठमाडौं । एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ एप, वेबसाइट, आइसर्भ तथा इन्टरनेट बैंकिङ अब एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ। 

    images

    उक्त सुविधामार्फत बैंकका ग्राहकहरूले एनसेलको डेटा प्रयोग गरेर एनआइसी एशिया मोबैंक एप, आइसर्भ, वेबसाइट र इन्टरनेट बैंकिङ निःशुल्क प्रयोग गर्न सकिने कम्पनीका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्ड‍ेले जानकारी lbP . 

    उनका अनुसार यो निःशुल्क सुविधा निम्नलिखित सेवाहरूको लागि उपभोग गर्न सकिनेछः

    images

    एनआइसी एशिया मोबैंक एपः अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टप-अप, युटिलिटि बिल भुक्तानी, क्युआर भुक्तानी र आफ्नो गुनासोको सुनुवाई जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सकिन्छ। साथै, एनआइसी एशियामार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (आइपिओ)मा आवेदन दिन सकिनेछ। एनआइसी एशिया मोबैंक प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सक्नेछन्। र, एपमा भएको ‘कस्टमर केयर’ बाट ग्राहकहरूले आफ्ना समस्या समाधान तथा जिज्ञासाको सहजै सम्बोधन पाउनेछन्।

    आइसर्भः यस आइसर्भमार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन-पासवर्ड रिसेट), ग्राहकसम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, अकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन,  डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाई) ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन्।

    वेबसाइटः बैंकको वेबसाइटबाट ग्राहकहरूले यो बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन्। जसमा अनलाइन खाता आवेदन, अनलाइन आइपिओ आवेदन, लोन बेनिफिट क्यालकुलेटर, इएमआई क्यालकुलेटरलगायत बैंकका अन्य सेवा सुविधाको जानकारी लिन सक्नेछन्। साथै बैंकका पछिल्ला योजनाहरू, सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे पनि ग्राहकहरूले जानकारी लिन सक्नेछन्। 

    इन्टरनेट बैंकिङः यसमार्फत ग्राहकहरूले अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, मोबाइल टप-अप, युटिलिटि बिल भुक्तानीलगायतका सुविधाहरू उपभोग गर्न सक्नेछन्।

    सूचना अधिकारी सुधिरका अनुसार ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप एनआइसी एशियाले सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्नेछ। बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले 'सेल्फ हेल्प' बैंकिङको अभ्यासलाई आइसर्भमार्फत अघि बढाइरहेको छ।
     
    अहिले बैंकले देशभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा पुर्याइरहेको छ।