पुस २१ काठमाडौं । साताको चौथो दिन आज नेपाली स्थानिय बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ६०० रुपैयाँले बढेर छापावाला सुन ९२ हजार ८०० रुपैयाँ र तेजावी सुनको ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ । मंगलबार सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुन ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
.jpg)


