आइतबार, कार्तिक १६ गते २०८३
images
images

विहारका यी बृद्ध जसले लगाए कोभिडविरुद्ध ११ डोज खोप

एक्सप्रेस पाना
पौष २२, २०७८ बिहीबार
  • 471
    SHARES
  • विहारका यी बृद्ध जसले लगाए कोभिडविरुद्ध ११ डोज खोप

    एजेन्सी । विहारका एक बृद्धले ११ पटकसम्म कोभिडविरुद्धको खोप लगाएको बताएका छन् । विहारको मध्यपुरा जिल्लाका ब्राह्मदेव मण्डलले स्वास्थ्यकर्मीलाई छक्काएर त्यति धेरै खोप लगाएका हुन् । एउटा स्थानीय स्वास्थ्य केन्द्रमा १२औं डोज लगाउन जाँदा उनी पक्राउ परेका थिए । 

    images

    विभिन्न परिचय पत्र र छिमेकीहरुको मोवाईल नम्बर प्रयोग गरेर उनले खोप लगाएका थिए । खोपले आफूलाई कुनै ‘साइड इफेक्ट’ नगरेको मण्डलले बताएका छन् । हरेक महिना कम्तिमा एक डोज खोप लगाएका उनले सेप्टेम्बरमा भने तीन डोज लगाएका थिए । 

    खोप लगाउन उनले आधार कार्ड, मतदाता परिचय पत्रलगायतका कागजात प्रयोग गरेका थिए । उनले आधार कार्ड र मोवाईल नम्बर देखाएर आठ पटक खोप लगाएका थिए भने तीन पटक पत्निको मोवाइल नम्बर लेखाएका थिए । हुलाक कार्यलयका पूर्वकर्मचारीसमेत रहेका उनीबारे स्वास्थ्य अधिकारीहरुले छानविन सुरु गरेका छन् ।

    images

     भारतमा एउटै व्यक्तिले अत्यधिक धेरै कोभिड खोप लगाएको यो पहिलो पटक हो । यसअघि पनि केही व्यक्तिले लुकीछिपी चार पाँच पटक खोप लगाएको दाबी गरेका थिए ।