आइतबार, कार्तिक १६ गते २०८३
images
images

शेयर बजारमा हरियाली ,आज ४३ अङ्कले बढ्यो

एक्सप्रेस पाना
पौष २२, २०७८ बिहीबार
  • 330
    SHARES
  • शेयर बजारमा हरियाली ,आज ४३ अङ्कले बढ्यो

    पुस २२ काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज बिहीवार बढेको छ । लगातार चार दिन बढेर हिजो बुधवार झन्डै ३१ अङ्कले घटेको नेप्से आज ४३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव ४७ विन्दुमा पुगेको छ । 

    images

    आज व्यापार र उत्पादन समूहबाहेक सबै समूहको शेयर बढेको छ । आज निर्जीवन बीमा समूहको शेयर दुई सय ४३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा, होटल र पर्यटन समूहको शेयर पनि एक सय अङ्कभन्दा धेरैले बढेको छ । 

    आज दुई सय ३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता शेयर तीन अर्ब ६७ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    images

    आज नेपाल फाइनान्स लिमिटेड, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । आज विशाल बजार कम्पनीको शेयर भने दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।