आइतबार, कार्तिक १६ गते २०८३
images
images

सरकारले केही दिनमा लाइसेन्स ट्रायल खुलाउने 

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 364
    SHARES
  • सरकारले केही दिनमा लाइसेन्स ट्रायल खुलाउने 

    काठमाडौँ । सरकारले केही दिनमा लाइसेन्स ट्रायल खुलाउने तयारी थालेको छ । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र लाइसेन्स को ट्रायल खुलाउने तयारी गरिरहेको हो ।  यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको छ ।  विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन तयारी थालेको हो । 

    images

    विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए।

    पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो। विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन्।

    images