बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमाले काठमाडौं अधिवेशनको तयारी पूरा

एक्सप्रेस पाना
पौष २२, २०७८ बिहीबार
  • 434
    SHARES
  • एमाले काठमाडौं अधिवेशनको तयारी पूरा

    पुस २२ काठमाडौं । नेकपा एमाले काठमाडौंको शुक्रबार हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । 

    images

    कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिए । जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए । 

    काठमाडौँका ११ नगर र १३८ वटा वडाहरूमा र १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रहबाट २० पुसमा जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो । शुक्रबार (२३ पुस)मा उद्घाटन हुने जिल्ला अधिवेशनमाा नेतृत्व चयनका लागि २४ गते राष्ट्रिय सभा गृहमा २४ पुस शनिबार बन्द सत्र हुनेछ । 

    images