बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेता नेपालीको भोकहडताल तोड्न कांग्रेस उपसभापति महोत्तरी आउँदै

एक्सप्रेस पाना
पौष २२, २०७८ बिहीबार
  • 488
    SHARES
  • नेता नेपालीको भोकहडताल तोड्न कांग्रेस उपसभापति महोत्तरी आउँदै

    पुस २२ महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका अनसनरत नेता बजरङ्ग नेपालीले केहिबेरमा अनसन तोड्ने भएका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङको उपस्थितिमा दुई दिनदेखि भोक हडतालमा रहेका नेपालीले अनसन तोड्ने महोत्तरी कांग्रेसले जनाएको छ ।

    images

    `अनसनरत नेपाली तथा नेपाली कांग्रेसको जुन माग थियो त्यो केन्द्रबाट सम्बोधन भएको छ त्यसैले भोकहडताल अहिले केहीबेरमा तोड्दै छौं,'  नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए ।

    नेता नेपालीले विवादित क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गराउनुपर्ने माग राख्दै दुई दिनदेखि भोक हडताल सुरु गरेका थिए ।

    images

    नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव समेत रहेका नेपालीको भोकहडताललाई केन्द्रले ध्यानाकर्षण जनाउँदै दुई माघमा क्षेत्र नम्बर ३ को अधिवेशन निर्धारण गरेको छ । अहिले केहीबेरमा नै कांग्रेस उपसभापति धनराज गुरुङ पार्टी कार्यालयमा आएर नेता नेपालीको अनसन तोड्ने  नेपाली कांग्रेस महोत्तरीले जानकारी दिएको छ ।न्युज कारखाना