आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

एक्सप्रेस पाना
पौष २३, २०७८ शुक्रबार
  • 481
    SHARES
  • सुनचाँदीको मूल्यमा आज पनि गिरावट

    पुस २३ काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो ।

    images

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो ।