बिहीबार , कार्तिक २० गते २०८३
images
images

नैतिक आधारमा पार्टीबाट अलग हुन सक्छु तर राप्रपा फुटाउँदिन : कमल थापा

एक्सप्रेस पाना
पौष २३, २०७८ शुक्रबार
  • 486
    SHARES
  • नैतिक आधारमा पार्टीबाट अलग हुन सक्छु तर राप्रपा फुटाउँदिन : कमल थापा

    पुस २३ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन् । 

    images

    बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिकताको आधारमा अलग हुन सक्ने भएपनि राप्रपा कदापी नफुटाउने दाबी गरेका छन् । 

    आफू निरंशुक र सक्रिय राजनीतिको पक्षमा नभएको भन्दै उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिक भन्दा माथि बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताएका छन् । 

    images

    विगतमा आफूले राजसंस्थाको एजेण्ड बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र सिनो बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप थापाको छ ।