आइतबार, कार्तिक १६ गते २०८३
images
images

लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

एक्सप्रेस पाना
पौष २४, २०७८ शनिबार
  • 265
    SHARES
  • लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

    पुस २४ काठमाडौं । धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ ।  खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो ।                                                                  नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताए । 

    images